१९ औँ अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारमुलक कार्यक्रम ल्याउन स्थानिय सरकारलाई युवाहरुको माग - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

१९ औँ अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारमुलक कार्यक्रम ल्याउन स्थानिय सरकारलाई युवाहरुको माग



बिरेन्द्र शाह / सुखड,कैलाली ।
“युवाका लागी सुरक्षित वातावरण” भन्ने मुल नाराका साथ १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस आइतबार कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा पनि मनाईको छ । घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र घोडाघोडी नगर युवा संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

युवाहरुले सुखड बजारको चोक बाट र्‍याली निकाल्दै भुखाली चोक तथा पुन: र्‍याली गर्दै राष्ट्रिय कलेजको खेल मैदानमा पुगेका थिए । राष्ट्रिय कलेजको खेल मैदानमा भएको कार्यक्रममा अधिकान्स बोल्ने युवाहरुले युवाहरुका लागी बिशेष रोजगार खालका कार्यक्रम ल्याउन स्थानिय सरकार सगँ माग गरेका छन ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा नम्बर २ का स्थानिय युवा राजमति अधिकारीले स्थानिय सरकारले बेरोजगार युवाहरुका लागी रोजगार मुलक कार्यक्रम ल्याउनु पर्नेमा बताउनु भयोे । स्थानिय स्तरमा रोजगार नभएको हुदाँ लाखौँ युवाहरु बिदेशीनु पर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा नम्बर १० का युवा संजालका संयोजक पुर्ण बढुवालले देशमा जति पनि परिवर्तन भयो युवाहरुले गरेको बताउनु भयो । तर ,राजनितिक दलहरुले युवाहरुलाई आन्दोलनमा मात्र प्रयोग गरेको बताउदै बढुवालले युवाहरुलाई देश बिकासमा पनि प्रयोग गर्न स्थानिय सरकारलाई आग्रह गर्नु भयो । युवा लक्षित कार्यक्रम कुनै बन्द कोठा भित्र नभएर सम्बन्धीत ठाउँमा गुर्न पर्नेमा स्थानिय सरकार सगँ बढुवालको माग थियो । साथै स्थानिय सरकारले युवाहरुको लागी कुनै ठोस योजना तथा कार्यक्रम ल्याएको खण्डमा नगर समृद्धिको लागी जस्तो सुकै मुल्य चुकाउन युवाहरु लाग्ने उहाँल बताउनु भयो ।

त्यस्तै बिद्यार्थी नेता तथा महिला अधिकार कर्मी साबित्रा आचार्यले नेपाल सरकारले दिने भनेको शैक्षिक प्रमाण पत्र धितो राखेर पाउने पैसालार्ई स्थानिय सरकारले पनि त्यसमा सहयोग गर्नु पर्नेमा उहाँको भनाई थियो । पढेका युवाहरुले शैक्षिक प्रमाण पत्र धितो राखेर पनि केही रोजगार गर्न सक्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै अर्की महिला अधिकार कर्मी शुसिला चौधरीले पनि नेपाल सरकारले ल्याएको युवा नितिलाई स्थानिय सरकारले पनि नगर स्तरीय युवा निति बनाई कार्यन्वयन गर्न आग्रह गर्नु भयो ।

१९ औँ अन्तराष्टिय युवा दिवस कार्यक्रमका बिशिष्ट अतिथि रहनु भएका घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले देशमा जति पनि परिवर्तन भए युवाहरुले गरेको भनाई थियो ।नगरपालिकाले युवाहरुको लागी रोजगार मुलक लक्षित कार्यक्रम ल्याउने पनि वडा अध्यक्षले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि रहुन भएका घोडाघोडी नगरपालिका उप प्रमुख प्रेम कुमारी थापाले युवाहरु सगँ स्थानिय सरकार हाते मालो गरेर काम गर्न आतुर रहेको बताउनु भयो । युवाहरुका आवश्यकता हरुलाई स्थानिय सरकारले ढिलो चाढो भए पनि सुनुवाई गर्ने उप प्रमुख प्रेम कुमारी थापाको भनाई छ ।

१९ औँ अन्तराष्टिय युवा दिवस कार्यक्रममा घोडाघोडी नगरपालिकाका १२ वटा वडाका युवाहरुको सहभागिता रहेको थियो । घोडाघोडी नगर युवा संजालका अध्यक्ष शंकर डगौराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार तथा संजाल कि उपाध्यक्ष लक्ष्मी मिश्रले गर्नु भएको थियो ।