खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी - Himal Post Himal Post
  • २७ कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 12 2024
Logo

खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी



काठमाडौं – वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् ।

यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।