एकै खेलमा आन्द्रे रसेलको ह्याट्रिक र शतक ! - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एकै खेलमा आन्द्रे रसेलको ह्याट्रिक र शतक !



काठमाडौं– वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो खेलमै सनसनी मच्चाएका छन्। जमैका तल्लावाहका कप्तान रसेसले एकै खेलमा ह्याट्रिक र शतक बनाएका हुन्।

रसेलको उत्कृष्ट प्रदर्शनसँगै जमैकाले ट्रिन्बागो नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको ट्रिन्बागोले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २३ रन जोड्यो। उसका लागि कोलिन मुनरोले ६१ र ब्रेन्डन म्याकुलमले ५६ रन जोडे।

जमैकाका लागि रसेलले अन्तिम ओभरमा ह्याट्रिक गरेका थिए। उनले अन्तिम ओभरको दोस्रो बलमा म्याकुलमलाई क्याच आउट गराउदा तेस्रो बलमा ड्वान ब्राभोलाई २९ रनमा आउट बोल्ड गरे। चौथो बलमा दिनेस रामदिनलाई पनि क्याच गराउन गराउदै रसेलले ह्याट्रिक लिन सफल भए।

२ सय २४ रनको लक्ष्य पछ्याएको जमैकाको राम्रो सुरुवात हुन सकेन।  सात ओभर चल्ला ४१ रन बनाएको जमैकाले ५ विकेट गुमाएको थियो।

खराब स्थितिमा मैदान आएका कप्तान रसेलले केभिन लेविससँग मिलेर सानदार ब्याटिङ गरे। दुईबीच छैटौं विकेटका लागि १ सय ४७ रनको साझेदारी भयो। लेविस ५१ रनमा आउट भए। रसेलले १ सय २१ रन जोडे। उनले ४९ बलमा ६ चौका प्रहार गर्दा १३ छक्का हिर्काएका थिए। जसले गर्दा जमैकाले ३ बल बाँकी छदा लक्ष्य पार गरेको थियो। बलिङमा ट्रिन्बागोका अली खानले ३ विकेट र फवाद अहमेदले २ विकेट लिएपछि जितका लागि पर्याप्त हुन सकेन।