कैलालीमा करेन्ट लागेर एक बालकको ज्यान गयो  - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

कैलालीमा करेन्ट लागेर एक बालकको ज्यान गयो 



ललित जाग्री
देवकलिया, कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -५ देवकलियामा शनिबार साझ करिब ६ बजेतिर करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

देवकलियाका स्थानीय बासी मनिराम चौधरीका १२ बर्षिय छोरा राजु चौधरीको नुहाउनको लागि मोटर चलाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको हो ।

बालक चौधरी गाउँकै राष्ट्रिय माध्यमिक विद्यालय देवकलियामा कक्षा ५ मा अध्ययनरत छात्र हुन् । बालक लाई करेन्ट लाग्ने बित्तिकै घोडाघोडी नगरपालिका १ सुखड स्थित घोडाघोडी अस्पतालमा लगिएको थियो ।

घोडाघोडी अस्पतालले बालक चौधरी लाई चेकजाँच गरे पछि बालकको मृत्यु भएको पुस्टि गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।