भारतीय उपराष्ट्रपतिद्बारा सम्मानित भएकी रिमा रानालाई पुर्नवासमा सम्मान
धन बहादुर बिक /पुर्नवास ।
राना परिवारमा जन्मिएकि पुनर्वासकि रिमा राना लाई शुक्रबार पुनर्वास स्थित एक बिद्यालयले सम्मान गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत पुनर्वास नगरपालिका -७ पराशन बस्ने बनवारी राना र ईन्दिरा रानाकि जेष्ठ छोरी रिमा रानाले भारत को बेङलुर स्थित मल्लिगे कलेजमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा कलेज अफ फार्मेसि (एम फार्मा ) बिषयमा सर्बोत्कृष्ट अंक ल्याई बेङलुर प्रथम स्थान हासिल गरेकि र भारत का उपराष्ट्रपति महामहिम श्री एम वेंकैया नायडु द्वारा स्वंणपदकले विभुषित हुन सफल भएकिले पुनर्वासको युगज्योती एकाडेमि माविले रिमालाई प्रशंसा पत्र सहित सम्मान गरेको हो ।
रानाले युगज्योति एकाडेमी बाट २०६५ सालको प्रवेशिका परिक्षा मा ८३. १३% अंक प्राप्त गरि विशिष्ट श्रेणीमा हुन सफल भएकि थिईन । रिमालाई बिद्यालय ले एक समारोह को अायोजना गरि प्रशंसापत्र सहित दोसल्ला अोढाई सम्मानित गरिएको थियोे । उनी संगै होनहार विद्यार्थी जन्म दिने रिमाका अामा वुवालाई समेत सम्मानित गरिएको थियोे ।
उक्त सम्मान समारोहमा रिमाका वुवाले भने, ‘हामीले त रिमालाई जन्म दिएको मात्रै हो उसलाई राम्रो शिक्षा र अनुसासन दिने कार्य युगज्योतीले गरेको हो ‘। कार्यक्रममा होनहार विद्यार्थी रिमाले विद्यार्थीहरूबिच महत्त्वपूर्ण भनाइ समेत व्यक्त गरिन उनले भनिन ,’अध्ययन गर्ने क्रममा अभिभावक र शिक्षक हरूको लगानी लाई अलिकति पनि खेर जानदिनु हुदैन थोरै पनि लापरबाही गर्यौ भने हाम्रो भबिष्य अन्धकार बन्छ ।’ अाजकल हरेक बिध्यार्थिमा मोबाइल को फेसनै चलेको छ यो भनेको बिकृती हो वावुअामाले पनि यसप्रति ध्यान दिनु पर्छ । राम्रोसँग पढेभने अाफुजस्तै सम्मान भईने रिमाले भनिन । ‘
कार्यक्रममा उपस्थित बिद्यालयका संस्थापक सदस्य रामचन्द्र नेपाल , समिति सदस्य नवीन कुमार तिमिल्सिना , समाजसेवी सुर्य प्रशाद पौडेल संस्थापक अध्यक्ष बिश्वनाथ बिष्ट , प्रिन्सिपल खेमराज श्रेष्ठ , सहायक प्रिन्सिपल प्रयागराज पन्त लगायतले रिमाले गरेको शैक्षिक प्रगति प्रति खुसि व्यक्त गर्दै शुभकामना दिएका थिए ।