नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुद्वारा नयाँ आन्दोनलका कार्यक्रम घोषणा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुद्वारा नयाँ आन्दोनलका कार्यक्रम घोषणा



काठमाडौँ– सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुले नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आधारभूत पारिश्रमिक २२ हजार तोक्न माग पनि गरेका छन् ।

शुक्रबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गर्दै मजदूर संगठनहरुले साउन १५ गतेको निर्णय खारेज गर्नुपर्ने आफ्नो मागलाई सरकारले बेवास्ता गरेको गुनासो गरे । उनीहरुले सरकारले आफ्ना मागप्रति वेवास्ता गरेकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको बताए ।

यसअघि सरकारले मजदूरहरुको न्यूनतम पारिश्रमिक १३ हजार ४५ रुपैयाँ तोकेको थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा आन्दोलनमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव रामेश्वर श्रेष्ठ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका महासचिव खगेन्द्र प्याकुरेल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमानसिंह कुँवर, राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष नवराज दहाल,.मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर, नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष इन्द्रदेव मिश्रको हस्ताक्षर छ ।

त्यस्तै, राष्ट्रिय कर्मचारी महासंघ नेपाल, अध्यक्ष गोपालसिंह धामी, नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, नेपाल ट्रेड युनियन फेडरेशन, अध्यक्ष मधु बिसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सेना, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सेना र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्रीले पनि हस्ताक्षर गरेका छन् ।