इन्काउन्टर र प्रकाण्ड प्रकरणमा बादलको नयाँ खुलासा ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

इन्काउन्टर र प्रकाण्ड प्रकरणमा बादलको नयाँ खुलासा !



चितवन– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुरमा दुई अपहरणकारीहरु प्रहरी इन्काउन्टरमै मारिएको बताएका छन्। ‘फेक इन्काउन्टर’ भनेर गरिएको हल्ला गलत भएको उनले बताए।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले वास्तविक मुठभेडमै अपहरणकारीहरु मारिएको बताएका हुन्।

गत सोमबार भक्तपुरमा अपहरणकारीहरु गोपाल र अजय तामाङ प्रहरी मुठभेडमा मारिएका थिए। त्यसबारे बिहीबार मन्त्री थापाले प्रहरी अधिकारीहरुसँग यसबारे ब्रिफिङ सुनेका थिए।

साथै नेत्र बिक्रम चन्द ‘विप्लब’का नेता तथा प्रवक्ता खड्क बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ पक्राउको विषयमा पनि उनले प्रष्टिकरण दिएका छन्।  प्रकाण्ड अपराधमा संलग्न भएकाले पक्राउ गरिएको थापाको भनाई छ।

‘केही वर्षअघिसम्म एउटै पार्टीका रहेका साथीलाई किन पक्राउ गर्नुभयो रु’   भन्दै विमानस्थलमा पत्रकारले जिज्ञासा राखेका थिए। चन्दा असुलीको अपराधमा उनलाई पक्राउ गरेको गृहमन्त्री थापाको भनाई थियो।

भरतपुरस्थित जुनियर प्रहरी एकेडेमीमा आयोजित दिक्षान्त समारोहमा भाग लिन उनी चितवन आएका हुन्।