महिलाले जन्माइन सडक मै शिशु - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

महिलाले जन्माइन सडक मै शिशु



इलाम । इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्।

सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन् ।

इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि स्वास्थ्य संस्था टाढा भएकै कारण स्वास्थ्यसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

सडकको अवस्था राम्रो नभएपछि अस्पताल लैजान पनि मानिसकै भर पर्नुपर्छ । घरबाट पक्की बाटो वा अस्पतालसम्म पुग्न नै धेरै समय खर्चिनुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।रासस