९३ देशका खेलाडीलाई पछि पार्दै सुनमाया बुढाले जितिन म्याराथनको उपाधि - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

९३ देशका खेलाडीलाई पछि पार्दै सुनमाया बुढाले जितिन म्याराथनको उपाधि



काठमाडौं ः चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन्।

बिहिबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्।

सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दास्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन्।