विप्लवलाई पक्रन प्रहरीले गर्यो वारेन्ट जारी, विप्लव फरार - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

विप्लवलाई पक्रन प्रहरीले गर्यो वारेन्ट जारी, विप्लव फरार



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताले व्यापारीसँग ७ करोड रुपैयाँ चन्दा असुलेको प्रहरीले जनाएको छ। विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरद्वारा जारी बिज्ञप्तीमा छ।

परिसरका डिएसपी मोहन थापाका अनुसार प्रारम्भिक अनुसन्धानमै उनीहरुले ७ करोड असुलको खुलेको बताए। पक्राउ परेका प्रकाण्डसहितका नेतालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। प्रकाण्ड पूर्व मन्त्री समेत हुन्। उनीसहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ लाई प्रहरीले चाल्नाखेलबाट पक्राउ गरिएको हो।

सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ।

सो पार्टीका नेता विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ। विप्लव फरार छन्।

नेत्र बिक्रम चन्द ‘विप्लव’नेकपाले प्रकाण्ड पक्राउको विरोधमा आन्दोलन तथा बन्द गर्ने चेतावनी दिएको छ।