‘विप्लव’ माओवादीका प्रवक्ता प्रकाण्ड पक्राउ - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

‘विप्लव’ माओवादीका प्रवक्ता प्रकाण्ड पक्राउ



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ।

स्रोतका अनुसार उनलाई बुधबार दिउँसो राजधानीबाट पक्राउ गरेको हो।

गत वर्ष स्थानीय र आमचुनावमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तत्कालीन माओवादी पार्टीका पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन्।