टेरेनन् नारायणकाजीले ओली र प्रचण्डलाई , राजिनामा फिर्ता लिन गरे अस्वीकार - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

टेरेनन् नारायणकाजीले ओली र प्रचण्डलाई , राजिनामा फिर्ता लिन गरे अस्वीकार



काठमाडौं– नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले त्यसलाई फिर्ता लिन अस्वीकार गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई राजीनमा फिर्ता लिन आग्रह गरेका थिए।

‘श्रेष्ठलाई अध्यक्षद्वयले राजीनामा फिर्ता लिइदिनुस् भनेर आग्रह गर्नुभएको थियो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘तर उहाँले मान्नुभएन।’

‘मैले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएको हुँ। त्यसैले फिर्ता लिने कुरा भएन। सचिवालयले जे निर्णय पनि लिन सक्छ। त्यसलाई म सम्मान गर्छु। तर दिइसकेको राजीनामा फिर्ता लिन्नँ’, श्रेष्ठको भनाइ उदृत गर्दै ती नेताले भने।

तर निर्णय भने केही पनि हुन सकेन। बैठक भोलि पनि बस्ने छ।

गत साउन ७ गतेको सचिवालय बैठकमा डा गोविन्द केसीको जारी अनसनको विषयमा श्रेष्ठको सक्रियतालाई लिएर अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएका थिए।