प्रचण्डले भने: नेपाली व्यापारीले विदेशमा के के गरेका छन् मलाई थाहा छ ! - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रचण्डले भने: नेपाली व्यापारीले विदेशमा के के गरेका छन् मलाई थाहा छ !



बिरगंज। पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले नेपाली व्यवसायीले विदेशमा लगानीका बारेमा आफू जानकार रहेको बताएका छन्।।

‘नेपालका कुन-कुन व्यवसायीले विदेशमा कहाँ-कहाँ लगानी गरेका छन् मलार्इ सबै जानकारी छ।तर जब सम्म यहाँ लगानीको वातावरण ठिक पार्न सकिदैन,तब सम्म नेपालकै उद्योगीको विदेशमा रहेको पैसालाई नेपाल ल्याउन सकिदैन, वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा उनले भने,‘त्यसको लागि बैंकको व्याजदरको समस्या,बन्द हडतालको समस्या,विद्युत समस्या,विभिन्न प्रकारको ऐन नियमको अडचन,करको विवाद लगायत ठीक बनाउनुपर्छ।प्रचण्डले अबको एक दशकमा मुलुकलाई समृद्ध र विकसित बनाएर छाड्ने अठोट गरे।

उनले मुलुकको विकास र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेपनि सरकारले विश्वासिलो वातावरण बनाउन नसकेको बताए।मेरो जीवनको एक दशक अध्ययन र राजनीतिको मर्म बुझ्न लगाए,एक दशक विद्रोह गरे,एक दशक शान्ति सम्झौता तथा संविधान लेखामा भुमिका निर्वाह गरेको छु,अबको एक दशक मुलुकलाई समृद्ध र विकसित बनाउनेमा बिताउने छु ।’उनले भने।

प्रचण्डले चाँडै छिमेकी मुलुक भारत र चीन भ्रमण गर्न लागेको बताए।‘नेपालकै समृद्धि र विकासको लागि अबको केही  दिनमा भारतको भ्रमणमा र त्यसपछि चीनको भ्रमणको लागि पनि निम्तो आइसकेकोले अब देशको उद्योग व्यवसाय र बहुप्रतिक्षित योजनामा मेरो ध्यान छ,’उनले भने ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कर प्रणालीमा देखिएको समस्या अन्त्य हुने बताए।नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले संघीय संरचनामा स्थानीय,प्रादेशिक र सघीय सकारको तीन तहको करले व्यवसायिक क्षेत्र थला परेको बताए।