नेपाल मौरीपालक महासंघ घोडाघोडी नगर अध्यक्षमा सुवेदी
घनश्याम पौडेल /सुखड ।
नेपाल मौरीपालक महासंघ घोडाघोडि नगरपालिकाको अध्यक्षमा विष्णु प्रसाद सुवेदी चयन भएका छन् । सुखडमा सोमबार भएको मौरीपालक किसानहरुको भेलाले सुवेदीको अध्यक्षतामा ८ सदस्यीय नगर समितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कौशीला कडेल, सचिव दिनेश सापकोटा, कोषाध्यक्ष अविलाल जैशी र सदस्यहरुमा क्रमशः रामचन्द्र सापकोटा , काशीनाथ कडेल, राजकुमार चौधरी र एकनारायण तिवारी रहनु भएको छ ।
नेपाल मौरीपालक महासंघका केन्द्रिय महासचिव मोहन राज खनाल, कैलालीका अध्यक्ष पवन कुमार वोगटी र प्रदेश संयोजक लिलाधर न्युरेको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
भेलाले कैलालीमा मौरी पालनको सम्भाव्यताको अध्ययन गरी पेशाको रुपमा विकास गर्न स्थानिय सरकारको ध्यान आकर्षण गराउनु पर्नेमा जोड दिएको छ ।