मिडफिल्डर टोनी क्रुस बने वर्ष खेलाडी
एजेन्सी । मिडफिल्डर टोनी क्रुस जर्मन वर्ष खेलाडी घोषित भएका छन् । २८ वर्षीय टोनी क्रुस आफ्नो करियरमै पहिलो पटक वर्ष खेलाडी घोषित भएका हुन् ।
जर्मनीका फुटबल पत्रकार र खेलाडीको भोटका आधारमा उनी बर्ष खेलाडी घोषित भएका हुन् । उनले १ सय ८५ भोट पाएका थिए ।
क्रुसले जर्मनीको हरेक उमेर समूहका खेल खेलेका छन् । उनले सन् २०१० मा सिनियर टिममा डेब्यू गर्ने मौका पाएका थिए । हालसम्म उनले राष्ट्रिय टिमबाट ८६ खेल खेलिसकेका छन् भने १३ गोलको योगदान पनि गरेका छन् ।
हाल उनी स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायीक फुटबल खेल्छन् ।