एमालेभित्र बिबादै विवादः माओवादीलाई हाइसञ्चो - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

एमालेभित्र बिबादै विवादः माओवादीलाई हाइसञ्चो



काठमाडौं । कानून मन्त्रालयमा राम्रो काम गरेका र केपी ओली सरकारका आशलाग्दा मन्त्री शेरबाहादुर तामाङ सामान्य कार्यक्रममा बोलेको एक भाषणका कारण राजीनामा दिन बाध्य पारिए । एमालेमा कानूनको सबै जिम्मा लिएका सुवास नेम्वाङ र अग्नि खरेललाई तामाङ मानून मन्त्री बनेको पटक्कै मन परेको थिएन । उनीहरुलाई निहुँ चाहिएको थियो ।

तामाङले माफी माग्दा पनि उनलाई मन्त्रीबाट राजीनामा गर्न बाध्य पारियो । खास ठूलो कारण बिना उनलाई मन्त्रीबाट हटाउन खोज्दा पनि पार्टीमा उनका लागि कसैले बोलेनन् । माधव नेपवाललाई अध्यक्ष बनाउन नवौं महाधिवेशनमा तनमन सबै लगाएका तामाङको पक्षमा उनी समेत बोलेनन् । वामदेव गौतम र ईश्वर पोखरेलले पनि मुख खोलेनन् ।

सिन्धुपाल्चोकका सुवास कर्माचार्यले सीता थापाहरुलाई लगाएर ईश्वर पोखरेलको गुटमा धाएर तामाङ मन्त्री बनेको भन्दै चुक्ली लगाएका कारण पनि माधव नेपाल समेत चुपचाप बसे । तामाङलाई माधव नेपालले बाटो खोल्नुहोस् भनेपछि ओलीलाई पनि त्यही चाहिएको थियो । उनले योगेश भट्टराईलाई साक्षी राखेर तामाङलाई राजीनामा दिन निर्देशन दिए ।

झलनाथ खनालको काटामा मन्त्री भएका तामाङको पक्षमा उनी बोल्थे होलान् तर उनी चीनमा भएका कारणले तामाङ एक्लो भए । आजको साँघु साप्ताहिकबाट ।