युवा युवतीहरुलाई मध्यनजर गर्दै ३ महिने वेसिक कम्प्युटर तालिम तथा अंग्रेजी भाषा कक्षा संचालन
लक्ष्मी भट्टराई / कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -१२ नग्फोडुवामा ३ महिने कम्प्युटर वेसिक तालिम तथा अंग्रेजी भाषा कक्षा संचालनमा आएको छ । आईतबार एक औपचारीक कार्यक्रमका बिच वडा नः १२ का वडा अध्यक्ष पर्ना चौधरीले कार्यक्रमको उदघाटन गर्नु भयो ।
आजको आबश्यकतालाई मध्यनजर गर्दै यस क्षेत्रका युवा – युवतीलाई समय सापेक्ष शिक्षणको आवश्कतालाई मध्यनजर गरी पहिलो चरणमा सामाजिक बिकास अन्तर्गतको युवा सशक्तीकरणमा छुट्याईएको रकम अन्तरगत रही एक लाख रकमको कम्प्युटर शिक्षण तथा अंग्रेजी भाषा शिक्षण अध्ययनका लागी रकम बिनियोजन गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
भौतिक बिकास संगसंगै युवाहरूको ब्यक्तित्व बिकासमा समेत आफु जुटेको बताउदै चौधरीले आगामी दिनमा समेत युवा लक्षित थुप्रै कार्यक्रमको आयोजना गरी स्वरोजगार तथा यस क्षेत्रका युवाहरूलाई उत्साहीत गराउन लागिपरेको हुदा यसै क्षेत्रका ब्यक्तिको साथ , समर्थन , निष्ठा अपरिहार्य रहेकोले सबैले आ- आफ्नु ठाऊँबाट जुट्न सके छिटै यस क्षेत्रको हरेक पक्षको बिकासले फड्को मार्ने चौधरीको बताउनु भयो ।
कार्यक्रममा स्थानिय जनप्रतीनिधी चन्द्रा चौधरी, घोडाघोडी नगर युवा संजालका अध्यक्ष शंकर डगौरा , कम्प्युटर प्रशिक्षक लिखराम चौधरी ,स्थानिय भल्मन्सा बाजुराम चौधरी , संचारकर्मी लक्ष्मी भट्टराई लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
युवा संजाल द्वारा गठित वडा स्तरिय युवा संजालका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सुरूभएको कार्यक्रमको सहजिकरण अंग्रेजी भाषा प्रशिक्षक शुरज कठरियाले गर्नु भएको थियो । ३ महिने कम्प्युटर तथा अंग्रेजी भाषा शिक्षण कक्षामा ५१ जनाको सहभागीता रहेको छ ।