विराट कोहली बने विश्वकै नम्बर एक ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विराट कोहली बने विश्वकै नम्बर एक !



काठमाडौं– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेट ब्याट्सम्यानको वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन्। कोहलीले शनिबार सकिएको इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा १ सय ४९ र दोस्रो इनिङमा ५१ रन प्रहार गरेका थिए।

२९ वर्षीय कोलहीले अस्ट्रेलियाका पूर्व कप्तान स्टेभिन स्मिथलाई पछि पार्दै पहिलो वरीयता हात पारेका हुन्। स्मिथ पछिल्लो ३२ महिना पहिलो वरीयतामा थिए। यद्पयी उनी बल टेम्परिङ काण्डमा दोषी पाइएपछि १२ महिनाको प्रतिबन्धमा छन्।

कोहलीले टेस्ट क्रिकेटमा ६७ खेल खेल्दै २२ शतक प्रहार गरेका छन्। सन् २०११ पछि टेस्ट ब्याट्सम्यानको पहिलो नम्बरमा पुग्ने पहिलो खेलाडी हुन्। सन् २०११ मा सचिन तेन्दुल्कर पछि उनी विराट पहिलो नम्बर पुगेका भारतीय ब्याट्सम्यास हुन्।

कोहलीको  समग्रमा ५७ शतक प्रहार गरेका छन्। उनले एकदिवसीय खेलमा ३५ र टेस्टमा २२ अर्धशतक प्रहार गरिसकेका छन्।

टेस्ट ब्याट्सम्यान वरीयता

टेस्ट बलर वरीयता