बन्यो 'प्रचण्ड पार्क': प्रचण्ड आफैले गरे उद्घाटन ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बन्यो ‘प्रचण्ड पार्क’: प्रचण्ड आफैले गरे उद्घाटन !



बारा : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सहमति जुटेको दाबी गरेको छन्।

आइतबार बाराको विश्रामपुरमा पुगेर उनले यस्तो बताएका हुन्। प्रचण्डले मधेसी जनताको मागअनुसार नै संविधान संशोधन गर्न राजनीतिक सहमति जुटिसकेको बताए। उनले राजपासँग पनि छलफल गरेर संविधानलाई पूर्णता दिन आवश्यक संशोधन गरिने बताए।

प्रचण्डले बारामा ‘प्रचण्ड पार्क’ को शिलन्यास गरेका छन्। साथै विश्रामपुर गाउँपालिकाले बनाएका १४ वटा ऐनको विमोचन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख जनसम्पर्क सल्लाहकार अच्चुत मैनालीले गाँउपालिकाले ऐन कानुन बनाउन सफल भएकोमा बधाई दिँदै कार्यान्वयनमा जोड दिए। पूर्वमन्त्री ज्वाला साहले मधेसको पहिचान झल्किने गरि विकास गर्नुपर्ने बताए।