कामु प्रधानन्याधीश दीपकराज जोशी विदामा बस्ने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कामु प्रधानन्याधीश दीपकराज जोशी विदामा बस्ने



काठमाडौं । आइतबार अर्थात भोलिबाट प्रधानन्यायधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतका कामु प्रधानन्याधीश दीपकराज जोशी विदामा बस्ने भएका छन् ।

श्रोतले दिएको जानकारी अनुसार संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायधीश नियुक्तिका लागि सिफारिस नगरेसम्मका लागि भनेर उनी बिदामा बस्न लागेका हुन्। जानकारीमा आएअनुसार कामु जोशीले विदाका लागि निवेदन पनि दिइसकेका छन्।

सर्वोच्चका बरिष्ठतम् न्यायधीश ओमप्रकाश मिश्रले कामु जोशी विदामा बसेपछि पेशी तोक्नेछन् । भावी प्रधानन्याधीश हुने मिश्रकै सम्भावना छ ।

स्रोतका अनुसार सर्वोच्चमा नयाँ प्रधानन्यायधीश नियुक्त भएपछि जोशीले राजिनामा दिने सम्भावना रहेको छ ।

गत शुक्रबार कामु जोशीलाई संवैधानिक परिषद्ले जोशीलाई प्रधानन्याधीशमा सिफारिस गरेका अस्वीकृत गरेको थियो । जोशीको शैक्षिक प्रमाणपत्रको विवाद रहेको, विवादास्पद फैसला गरेको तथा सुनुवाईका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै उनलाई अस्वीकृत गर्ने निर्णय भएको हो ।