युवा क्रिकेटर सन्दिप लामिछाने सीपीएल खेल्न क्यारेबियन प्रस्थान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

युवा क्रिकेटर सन्दिप लामिछाने सीपीएल खेल्न क्यारेबियन प्रस्थान



काठमाडौ‌ं। नेपाली क्रिकेटका राष्ट्रि सदस्य तथा युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न क्यारेबियनतर्फ प्रस्थान गरेका छन् । उनी नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ प्रस्थान गरेका हुन् ।

नेदरल्याण्डविरुद्ध नेपालले खेलेको एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सन्दिप नेदरल्याड्समा थिए । सन्दिपलाई सीपीएलका लागि क्रिस गेल कप्तान रहेको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सले ५ हजार डलरमा आवद्ध गराएको हो ।

सन्दिप आवद्ध टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिअट्ले पहिलो खेल अगष्ट नौं तारिख गुयाना अमाज वारियर्स बिरुद्ध खेल्ने छ। सिीपीएलको खेल तालिकाअनुसार प्रतियोगिता अगष्ट आठबाट शुरु हुनेछ भने फाइनल खेल सेप्टेम्बर १६ गते सम्पन्न हुनेछ ।

सीपीएलका पाँच खेलपछि सन्दिप मलेसियामा हुने एशिया कप छनौट खेल्न उतैबाट आउने छन् । उनले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा उत्कृष्ट प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय क्लब क्रिकेटमा सन्दिपको व्यस्तता निकै बढेको छ ।