नयाँ बसपार्क क्षेत्रका होटलबाट प्रहरीले पक्रियो २० महिला तथा ३२ पुरुष - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नयाँ बसपार्क क्षेत्रका होटलबाट प्रहरीले पक्रियो २० महिला तथा ३२ पुरुष



काठमाडौं– नयाँ बसपार्क क्षेत्रका होटल तथा गेष्ट हाउसमा छापा हानी प्रहरीले २० महिला तथा ३२ पुरुष पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो। शंकास्पद रुपमा बसेका युवक युवतीलाई पक्राउ गरिएको बसपार्क प्रभागद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
पक्राउ परेकाहरुलाई प्रहरीले अभिभावकको जिम्मा लगाएर बुझाएको छ।

बसपार्क क्षेत्रका गेष्ट हाउसमा वेश्यावृत्तिको आशंकामा प्रहरीले छापा हान्दै आएको छ।