पारस र सोमपालले बनाए अर्धशतक ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पारस र सोमपालले बनाए अर्धशतक !



काठमाडौं, दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्डलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.८ ओभरमा अल आउट हुँदै २१७ रनको लक्ष्य दिएको हो । आज नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक प्रहार गरेका छन् ।

तथ्याङ्कहरू नै हेर्ने हो भने यो नेदरल्याण्डस विरुद्ध नेपालको दोस्रो ठुलो स्कोर हो। यस अघि २०१६ मा नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो। विश्व लीग क्रिकेट च्याम्पियनसिप अंतर्गत नेदरल्याण्डसमा भएको उक्त खेलमा नेपालले पहिले ब्याटिङ्ग गर्दै उक्त योगफल तयार पारेको थियो।

उक्त खेलमा नेपालले नेदरल्याण्डसलाई ४८.३ ओभरमा १९८ सीमित राखेर जीत हात पारेको थियो।