लियोनल मेस्सी बार्सिलोनाको क्याप्टेन बने - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

लियोनल मेस्सी बार्सिलोनाको क्याप्टेन बने



बार्सिलोनाले क्याप्टेनको जिम्मेवारी लियोनल मेसीलाई दिने भएको छ।

बार्सिलोनका नियमित क्याप्टेन इनिएस्टा जापानिज क्लबमा आबद्ध भएसँगै मेसीले क्याप्टेनको जिम्मेवारी पाउन लागेका हुन्।

बार्सिलोनाले प्रि–सिजन सकिए लगत्तै मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने भएको छ।

प्रि–सिजन टुरमा बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई क्याप्टेन बनाएको छ।

मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपरकपको फाइनलअघि मेसीलाई उक्त जिम्मेवारी दिने तयारी क्लबले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

मेसी पछि दोस्रो स्थानमा सर्जियो बुस्क्वेट तथा तेस्रो रोजाइमा डिफेन्डर जेरार्ड पिके छन्। इभान राकिटिक र जोर्डी आल्वाको समेत सम्भावना रहेको समाचारमा जनाइएको छ। लुइस स्वारेज र टेर स्टेगनलाई क्लबले चौथो रोजाइमा राखेको छ।