मौसम दिनभर बदली : ठूलो पानी पर्ने - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

मौसम दिनभर बदली : ठूलो पानी पर्ने



काठमाडौँ – देशभरको मौसम शुक्रबार सामान्य देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका हुन् ।

रातको समयमा देशका एक वा दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अझै केही दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ ।