जोशी विरुद्ध महाअभियोग लगाउने तयारी ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

जोशी विरुद्ध महाअभियोग लगाउने तयारी !



काठमाडौं – सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् ।

संसदीय सुनुवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको निष्कर्ष छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

सर्वसम्मत निर्णय गर्ने भन्दै समिति बैठक तीन पटक सरिसकेको छ । समितिको प्रक्रियामा अवरोध भइरहेको भन्दे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि असन्ुष्टि जनाएका छन् ।