बर्दगोरिया गाउपालिका छाडा पशुचौपाया मुक्त : अध्यक्ष थारु
लिला जङ्ग शाहि
बौनीया , कैलाली । बिगत लामो समय देखी छाडा पशुचौपायाको समस्या बेहोर्दै आइरहेको बर्दगोरिया गाउपालिका बिहीबार बाट छाडा पशुचौपाया मुक्त भएको बर्दगोरिया गाउपालिका अध्यक्ष वलिराम डगौरा थारुले बताउनु भएको छ ।
विगत लामो समय देखी छाडा पशुचौपायका कारण बर्दगोरिया गाउपालिका क्षेत्रको मुख्य बजार क्षेत्र बौनीया र मुडा कुरुप बन्दै गएको व्यापक जन गुनासो पछि बर्दगोरिया गाउपालिका कार्यपालिकाको २०७५ साउन १३ गते आइतबारको नीर्णय बमोजीम हाम्रो हात किसानको साथ कृषी तथा पशु सेवा संस्थाले जीम्मेवारी प्राप्त गरेपछि समस्याको समाधान हुन लागेको हो ।
गाउपालिका अध्यक्ष डगौरा थारुले दिएको जानकारी अनुसार हाल सो संस्थालई गाउपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्नका निम्ती उपलब्ध गराइएको क्षेत्र को घेर वार गर्नका साथै गोठालाहरुको खान पानको व्यवस्थापन गर्न जिम्मा गाउपालिका ले लीएको र भविष्यमा आवश्यकता अनुसार सहयोग गर्दै जाने कुरा बताउनु भएको छ । संस्थाका अध्यक्ष डबल भुलका अनुसार उनको संस्थामा करीब २० जना पशु विज्ञ रहेको बताउदै आफुहरुले छाडा पशुचौपायालाई उचित व्यवस्थापन गर्दै बर्दगोरिया गाउपालिका लाई छाडा पशु चोपाया मुक्त गाउपालिका निर्माण गर्ने सहयोग गर्ने उद्देश्यले यो कार्य गर्न लागेको बताउनु भयो ।
यो संस्थाका भविष्यका योजनाहरुके के के छन भन्ने हाम्रो प्रश्नमा भुलले भन्नु् भयो – आफुहरुले चौपाया बाट कम्पोष्ट मल उत्पादन गर्दै बर्दगोरिया गाउपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण किसानहरुलाई आर्गनिक खेती तर्फ उन्मुख गर्नुका साथै रेख देखमा खटीने कर्मचारीको व्यवस्थापनका लागी दुग्ध जन्य पर्दाथ उत्पादन गर्ने कार्यमा अग्रसर रहने कुरा बताउनु भएको छ । यस अघि करीब १ महिना अगाडी बर्दगोरिया गाउपालिका क्षेत्र भित्र रहेका छाडा पशुचौपायालई जुम्ला पठाउन लाग्दा बिबिध कारण बस छाडा चौपायाहरु बिच बाटो बाटै फिर्ता भएका थिए ।
छाडा चौपायालाई बौनीया बजार क्षेत्र बाट व्यवस्थापन हुन लागेको बर्दगोरिया ४ को झरझरीया सामुदायीक बन सम्म पुर्याउने कार्यमा स्थानीय सर्बसाधरण संगै ,गाउपालिका पदाधिकारी,इलाका प्रहरी कार्यलय बौनीया,शसस्त्र प्रहरी अस्थाई सुरक्षा बेश क्याम्प बौनीया का जवान ,बौनीया बजार व्यवस्थापन समितीका पदाधिकारी लगायत व्यापारीहरुको सहभागीता रहेको थीयो ।