सांसदलाई पेस्तोल देखाएको आरोपमा ७५ जना पक्राउ !
प्रतिनिधिसभाकी सांसद निरुदेवी पालको घटनालाई अनुसन्धान गर्नको लागि प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको काठमाण्डु प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि एसएसपी पोखरेल आफैं खटिएका छन् । ‘घटनाको अनुसन्धान गर्नको लागि हामीले विभिन्न कोणबाट हेरेका छौं’,उनले भने, ‘घटनाको अनुसन्धानको लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।’
सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग बिहिबारको बैठकमा माग गरेकी थिइन् ।
लगत्तै सरकारले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको थियो ।