सुन काण्डः ३ सय अनुसन्धानको दायरामा, नेताहरु को को परे ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुन काण्डः ३ सय अनुसन्धानको दायरामा, नेताहरु को को परे ?



काठमाडौं – ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो ।

प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनमा नेपालमा लामो समयदेखि सुन तस्करी राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको संरक्षण हुने गरेको कारण सुन तस्करीकालागि नेपाल स्वर्ग भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

प्रतिवेदनमा सुन तस्करी काण्डमा अझै ३ सय भन्दा बढीको संलग्नता रहेको र उनीहरुको नाम नै किटेर कारवाहीको दायरमा ल्याउन समेत समितिले आग्रह गरेको छ । जसमा केही राजनीतिक दलका नेताहरु समेत रहेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।