मोटरसाईकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

मोटरसाईकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि



सरकारले चालू आर्थिक वर्षदेखि लागू हुनेगरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महंगा सवारीसाधनको मूल्य उल्लेख्यरुपमा वृद्धि भएको छ।

दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ भने चारपाङ्गे्र सवारीमा ५० लाख रुपैयाँसम्म मूल्य वृद्धि भएको खबर आजको कारोबार दैनिकमा समाचार छ 

चालू आर्थिक वर्षको बजेटमार्फत् चारपाङ्गे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क वढाइएको थियो।