एकदिवसीयमा ज्ञानेन्द्रले बनाए कीर्तिमान - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

एकदिवसीयमा ज्ञानेन्द्रले बनाए कीर्तिमान



काठमाडौं– ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा नेपालको तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्। बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनिङमा आएका ज्ञानेन्द्रले ५६ बल खेलेर अर्धशतक पूरा गरेका थिए। अर्धशतक बनाउन उनले ८ चौका प्रहार गरे। उनी ५१ रनमा आउट भए।

त्यसअघि भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४७.४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो।

नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ५१ रन जोडेका थिए। माइब्रुगले २९ रन र लिडीले ३० रनको योगदान दिए।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरे। उनले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पारे। सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट हात पारे

एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गरेको हो। नेदरल्यान्ड्सँग बुधबार खेलेपछि नेपाल औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बन्न सफल भयो। गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेर इतिहासकै ठूलो सफलता हात पारेको थियो।