नेपालको पाँचौं विकेट गयो, पारस १२ रनमै आउट
पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले अाफ्नाे पाँचाैं विकेट गुमाएको छ । पाँचाैं विकेटका रुपमा २३औं ओभरको तेस्रो बलमा सोमपाल कामी पनि रनको खाता नखोली आउट भएका हुन् ।
उनलाई पारसको विकेट लिने पिटर सीलरले एलबीडब्लु गरेका थिए ।
१२ औं ओभरको समाप्तिमा कुनै विकेट नगुमाई ५८ रनको स्थितिमा रहेको नेपाली टोली २० ओभरमा पुग्दा महत्वपूर्ण ४ विकेट गुमाउन पुग्यो ।
८ ओभरमा २९ रन जोड्दा नेपालले क्रमश अनिल साह, पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ शेखको विकेट गुमाउन पुग्यो ।
अनिलले २१, पारसले १२, ज्ञानेन्द्र मल्लले ५१ रन बनाए भने आरिफ शेख डक आउट भए ।