गगनले प्रमाणसहित भने: तथ्य सहि छ तर, माफी माग्छु ! - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गगनले प्रमाणसहित भने: तथ्य सहि छ तर, माफी माग्छु !



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् ।

आफ्नो उद्देश्य अध्ययन गरेर डाक्टरहरुलाई चोट पुर्‍याउनु नभएको उनले बताए । मंगलबार फेसबुक लाइभमार्फत थापाले भने, जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ । मेरो कारणले तपाईहरुको आत्मसम्मानमा चोट पुगेको छ । यसले मलाई पनि दुःख लागेको छ ।’

थापाले हालै मात्र एक कार्यक्रममा बंगलादेशमा पढने ९० प्रतिशत नेपाली विद्यार्थी प्रमाणपत्र पाउने निश्चित भएपछि अध्ययन गर्न गएको दाबी गरेका थिए ।

आफूले सामान्यीकरण गर्नु र कुन तथ्यका आधारमा यो भनिएको हो प्रष्ट पार्न नसक्नु कमजोरी थाएको कांग्रेस सांसद थापाले स्वीकार गरेका छन् ।

तर, उनले बंगलादेशका धेरै निजी मेडिकल कलेजमा राम्रो पढाई नहुने अडान दोहोर्‍याएका छन् । बंगलादेश मेडिकल काउन्सिलका अध्यक्षले अन्तर्वार्ता र विभिन्न आलेखहरुलाई उनले प्रस्तुत गरेका छन् ।

बंगलादेशमा राम्रा कलेज पनि रहेको तर, त्यहा नगन्य नेपाली विद्यार्थी रहेको बताए ।

उनले नेपाल मेडिकल काउन्सिलले लिएका परीक्षामा विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आउनेहरु ३२ पटकसम्म फेल हुने गरेको तथ्य राखेका छन् ।