कम्युनिष्टलाई दुई तिहाई वादरको हातमा नरिवल - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कम्युनिष्टलाई दुई तिहाई वादरको हातमा नरिवल



काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी ने क पा.ले संसदमा दुतिहाई हुमतको दुरूपयोग भएको दाबी गरेका छन्। मंगलबार सरकारका विरुद्धमा देशभरबाट निकालिएको विरोध सभाअन्तर्गत तनहुँमा सम्वोधन गर्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन्।

‘आज उनीहरुको हातमा दुई तिहाई दुरुपयोग भएर बादरका हातमा नरिवल हुँदैछ’ नेता पौडेलले भने ‘कम्युनिस्टहरुले नेपालीलाई ढाँटेर ल्याएको दुई तिहाई अहिले नेपाली जनताका विरुद्ध प्रयोग हुँदैछ’। उनले संसदमा पुर्‍याइएको दुइतिहाई मत हिजो जुन संघर्ष र बलिदानीका माध्यामबाट स्थापित भएको संविधान त्यही संविधान र त्यही लोकतन्त्रका विरुद्ध प्रयोग थालेको समेत आरोप लगाएका छन्। त्यसैको विरोधका लागि कांग्रेस यस्ता कार्यक्रम गर्न बाध्य भएको उनको भनाई छ। उनले कांग्रेसको विरोध राष्ट्रको उन्नतीका बाधकहरुलाई सचेत गराउनका लागि भएको दाबीसमेत गरे।

पौडेलले सरकार अधिकानयकवाद तर्फ उन्मुख छ भन्ने विषयमा आफूहरूसँग प्रमाण भएको दाबी गरे। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादको प्रमाण दिन प्रतिपक्षलाई चुनौति दिएपछि नेता पौडेलले प्रमाण भएको प्रतिक्रिया दिएका छन्। ‘सरकारले अधिनायकवादको प्रमाण देऊ भनेको छ, सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिदैछ’ नेता पौडेलले भने।

सर्वोच्च अदालतका प्रधानन्यायधीशको सुनुवाईको निर्णय संसदीय सुनुवाई समितिले निर्णय नगरेर पार्टीको पोलिट्ब्यूरोमा छलफल भएको भन्दै पौडेलले विरोध जनाएका छन्। उनले यो भन्दा ठुलो अधिनायकवादको उदाहरण नभएको दाबी गरे।

त्यस्तै उनले सवै शक्ती प्रधानमन्त्रीमा केन्द्रित लगायतका विषय पनि अधिनायवाद उन्मुख भएको दाबी गरे। महंगी बढ्दा सरकार खै! देशमा मंहगी र वेरोजगारी बढ्दा सरकारले चासो नदिएको समेत नेता पौडेलको आरोप छ। त्यस्तै कर जथाभावि लगाइएको, मंहगी बढाउने कर जथाभावी बढाउने काम भएको एवं भ्रष्टाचार बढेको जस्ता विषयमा पनि सरकार उदासिन रहेको आरोप लगाए।