भारतीय नेता आएको कार्यक्रम काँग्रेसद्वारा बहिस्कार - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

भारतीय नेता आएको कार्यक्रम काँग्रेसद्वारा बहिस्कार



काठमाडौं। भारतीय नेताहरु समेत सहभागि भएको काठमाडौंको एक कार्यक्रममा नेपाली काँग्रेसले सहभागिता नजनाउने भएको छ।

सत्तारुढ भारतीय जनता पार्टीका महामन्त्री राम माधव सहितका नेताहरु सहभागि भएको कार्यक्रममा काँग्रेसले पार्टीगत सहभागिता नजनाउने भएको हो।

काँग्रेस सभापति शेर बहादुर देउवाको निर्देशनपछि काँग्रेस नेताहरु कार्यक्रममा सहभागि नहुने भएका हुन्।

काठमाडौंमा मंगलवारबाट शुरु भएको नेपाल–भारत थिङ्क ट्यांक सम्मेलन २०१८’ वक्ताका रुपमा नेपाली काँग्रेसका नेताहरु विमलेन्द्र निधी र गगन लगायतलाई बोलाइएको थियो।

एसियन इन्ष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशल अफेयर्स एआइडीआइएले गरेको यहि कार्यक्रममा सहभागिता जनाउन भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा महासचिव राम माधव सोमबार नेपाल आएका छन् । उनले नेपाल भारत सम्वन्धका बारेमा उनले कि नोट स्पिच दिदैछन।

किन सहभागि भएन काँग्रेस ?

नेपाली काँग्रेस केहि समयदेखि सरकार विरोधी गतिविधीमा सहभागि हुँदै आएको छ। सरकार सामाजिक फासिवाद र अधिनायकवादतर्फ अघी बढेको आरोप सहित काँग्रेसले आन्दोलनका कार्यक्रम गर्दै आएको छ। साउन १५ मा पनि काँग्रेसले सरकार विरोधी कार्यक्रम गर्दै छ। सो संस्थाले गरेको कार्यक्रम पनि साउन १५ मै भएपछि काँग्रेसले सो कार्यक्रममा आफ्नो तर्फबाट सहभागिता जनाउनेहरुलाई जान रोकेको हो।

कार्यक्रमको प्रमुख अथिति प्रधानमन्त्री केपी ओली हुने थाहा पाएपछि काँग्रेस सभापति देउवाले कार्यक्रममा नजान काँग्रेसका नेताहरुलाई निर्देशन दिएका हुन। प्रधानमन्त्री ओली प्रमुख अथिति भएको कार्यक्रममा सहभागि भएर उनकै नेतृत्वको सरकार विरोधी कार्यक्रममा जान नैतिक रुपमा पनि उचित नहुने भन्दै कार्यक्रममा नजान काँग्रेसले आफ्ना नेताहरुलाई भनेपछि काँग्रेस नेताहरु पनि कार्यक्रममा सहभागि भएनन। प्रधानमन्त्री आउँदा काँग्रेस नआउने जानकारी पाएपछि प्रमुख अथितिका रुपमा आयोजकले नेकपाका अध्यक्ष प्रचण्डलाई बोलाए पनि काँग्रेस भने कार्यक्रममा नजाने भएको हो।

सम्मेलनमा प्रचण्डका साथै नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री गणेश साह, नेकपाका नेता राजन भट्टराई, निर्मलमणि अधिकारी, शम्भुराम सिंखडा, रविन्द्रनाथ भट्टराई, सुजिभ शाक्य, निशा तानिजा, डा विष्णुदेव पन्त, केशरबहादुर भण्डारी, विनोज बस्नेत लगायतले कार्यक्रममा सहभागिता जनाउनेछन् ।