किन आए एकैदिन भाजपाका दुई महासचिव नेपाल ?
काठमाडौं–सत्तारुढ भारतीय जनता पार्टीका महासचिव डाक्टर अनिल कुमार जैन काठमाडौं आएका छन् ।
राज्यसभा सदस्यसमेत रहेका जैन तीन सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै सोमबार बिहान काठमाडौं अवतरण गरेका हुन ।
भाजपा अध्यक्ष अमित शाहसँग जैनको राम्रो सम्बन्ध रहेको बताइन्छ ।
उनी नेपाल भारत थिंक ट्याक समिटमा भाग लिन काठमाडौं आएका हुन् ।
त्यसैबीच सोही कार्यक्रममा भाग लिन भाजपाका अर्का महासचिव राम माधव पनि सोमबार साँझ काठमाडौँ अवतरण गर्दैछन् ।
महासचिव माधवलाई विजेपीले विदेश मामिला हेर्ने जिम्मेवारी समेत दिएको छ ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी ओलीसहितका उच्च नेतासँग भेट गर्नेछन् ।
समिटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी हुनेछन् ।
नेताहरु सुरेन्द्र पाण्डे,गगन थापा पनि सहभागी हुने बताइएको छ ।
यही बेला चिनियाँ उपमन्त्री काठमाडौं छन् ।
उनले हिजो प्रधानमन्त्री ओली र आज नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।