पाइलटले रक्सी खाएपछि विमानस्थलमा बबाल !
पाइलटले रक्सी खाएपछि दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाज रोकिएको छ । आइतबार बिहान काठमाण्डुबाट दुबईका लागि उड्ने तयारीमा रहेको जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको जानकारी दिएका थिए । तर उनले रक्सी खाएको वा नखाउको विषय भने छानविनकै क्रममा रहेको बताइएको छ ।
विमानस्थल प्रशासनले ती पाइलटको ठाउँमा अर्को पाइलट आउनु पर्ने बताएपछि बिहान ९ः४० बजे दुबई उड्नु पर्ने फ्लाइट नम्बर एफजेड ५७६ को जहाज यो समाचार तयार पार्दासम्म विमानस्थलमै रोकिएको छ। फ्लाई दुबईले चालक दलमा अर्को सदस्य आउने बताए पनि उडान कतिबेला हुन्छ भन्ने खुलाएको छैन् । जहाज नउडेपछि विमानस्थल पुगेका यात्रुहरू बिहानदेखि कुरिरहेका छन्।