खिल्ली उडाउने आफ्नै पार्टीका नेतालाई नारायणकाजीको छड्के धन्यबाद - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

खिल्ली उडाउने आफ्नै पार्टीका नेतालाई नारायणकाजीको छड्के धन्यबाद



काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले डा गोविन्द केसीको माग सही भनि आफूले गरेको सर्मथनको विरोध गर्नेहरुलाई धन्यवाद दिएका छन्।

सामाजिक सञ्जालमा श्रेष्ठले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि विना पुर्वाग्रह माथेमा कार्यदलको प्रतिवेदन आत्मसाथ गर्दै वार्ताको माध्यमबाट समस्यामा समाधान गर्नु पर्ने तर्क राख्न आग्रह गरेका थिए। तर नेकपाका कार्यकर्ताहरुले व्यापक आलोचना गरेका थिए।

‘डा केसी मुलतः सत्याग्रही हुनुहुन्छ र उहाँले उठाउनु भएको मुल मुद्दा सही छ।’, श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘माथेमा प्रतिवेदनको मुल पक्ष सकारात्मक छ, हाम्रा पार्टीका नेता–कार्यकर्ताहरुले पनि बिनापुर्वाग्रह यसलाई आत्मसात् गरी वार्ताद्वारा समस्याको समाधान गर्नुपर्छ।’