सरकार बंचाउन प्रधानमन्त्रीले गरे आह्वान - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सरकार बंचाउन प्रधानमन्त्रीले गरे आह्वान



काठमाडौ : प्रधानमन्त्री केपी ओलीले जनताबाट अस्वीकृत भएकाहरूको चुरीफुरी उपयुक्त नहुने भन्दै सरकारका कामकारबाहीको डटेर बचाउ गर्न नेकपाका सांसदलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नेकपा संसदीय दल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकदुई जना सांसद उभिँदैमा संसद् अवरोधको अवस्था आउन नदिनेतर्फ सचेत रहन सांसदलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले संसद्मा सांसदलाई सरकारका कामकारबाहीबारे डटेर कुरा राख्न निर्देशनसमेत दिए । ‘सदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरूले अगुवाइ गर्ने र नयाँ साथीले त्यसलाई पछ्याउने गर्नुप¥यो’, उनले भने, ‘शीर्ष नेताले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । यसले संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’

असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी दर्जनौ कानुन बनाइसक्नुपर्ने भएकाले संसद् अवरोधको अवस्था आउन नहुने प्रधानमन्त्री ओलीले बताए । ‘सबै काम समयमै सक्न हाम्रा सांसदले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिनुपर्छ’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन ग¥यो भन्नुको कुनै तुक नभएको समेत दाबी गरे । ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउने अधिकार दिएको छ’, उनले भने, ‘त्यसकारण आवश्यकताअनुसार मन्त्रालय विभाजन गरिएको हो ।’

वर्तमान सरकार बनेपछि बेथिति एवं भ्रष्टाचार घट्दै गएको उनको दाबी छ । ‘कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु’, उनले भने । बैठकमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीको अनशन तोडाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका थिए । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकारविरुद्ध भइरहेका षड्यन्त्रलाई चिर्ने काम गर्न सांसदलाई निर्देशन दिएका थिए ।