७ दिनको शिशु झोलामा हालेर हिँडेपछि.. - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

७ दिनको शिशु झोलामा हालेर हिँडेपछि..



धादिङ – शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।

शिशु झोलामा हालेर लैजाने उनैका बावु सरोज तामाङ हुन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।