प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना सम्बन्धि गोष्ठी सम्पन्न - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना सम्बन्धि गोष्ठी सम्पन्न



लिला जङ्ग शाही 
बौनिया ,कैैैलाली ।शाही कैलालीको सुखडमा १ दिने प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।

मोहन्याल गाउपालीका कृषी विकास शाखाको आयोजनामा १ दिने प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तरगत पुराना तथा नया पकेट कार्यक्रम सम्बन्धि गोष्टी गाउपालीका अध्यक्ष नवल सिँह रावलको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्षहरु देवीदत्त उपाध्याय, नविन गिरी, खर प्रसाद अधिकारी,छविलाल हौजालीमगर, कृषक ललित बहादुर शाही, भिम बहादुर भण्डारीर, शंकर प्रसाद जैशी, नर बहादुर घर्तिमगरले कैलाली मोहन्याल गाउपालीकालाई कृषी पकेट क्षेत्र बनाउनका लागी सातै वटै वडामा सिँचाई सुविधा र माटो परिक्षण गरी निती तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तै शुक्रबार नै तरकारी खेती तथा साना सिँचाई कार्यक्रम अन्तर्गत सिँचाई मर्मत तथा निर्माण सम्बन्धि र वाली विकास कार्यक्रम सम्बन्धि १ दिने समिक्ष गोष्ठी समेत सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण कृषी विज्ञ गोविन्द राज जोशी, कृषी प्राविधिक सरोज क’शमार चौधरीले सहजीकण गर्नुभएको थियो भने अतिथीहरुलाई स्वागत मन्तव्य कृषी विकास शाखा प्रमुख चन्द्रलाल उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी, अगुवा कृषक लगाएत २८ जनाको सहभागीता थियो ।