झलनाथ खनाल खतरा मुक्त, अप्रेसन सफल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

झलनाथ खनाल खतरा मुक्त, अप्रेसन सफल



उपचारको लागि चीन पुगेका नेकपा केन्द्रीय सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको शल्यक्रिया भएको छ ।

उनको सिचुवान प्रान्तमा रहेको इन्टरनेसनल अस्पतालमा प्यारा थाइराइड र मृगौलाको स्टोनको शल्यक्रिया भएको हो ।

उपचारपछि अहिले उनी अस्पतालमा नै बसेर आराम गरिरहेका छन् । यसअघि जेठको पहिलो हप्ता पनि खनाल चीन गएका थिए, जतिबेला उनको थाइराइड र स्टोनको अपरेशन गर्नुपर्ने तय भएको थियो ।