गगनले भनेः कांग्रेस नउठेको भए गोविन्द केसीलाई सरकारले सिध्याउँथ्यो - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

गगनले भनेः कांग्रेस नउठेको भए गोविन्द केसीलाई सरकारले सिध्याउँथ्यो



पाली कांग्रेसका सांसद गगन थापाले कांग्रेसले संसद अवरोध नगरेको भए डा. गोविन्द केसीका माग पूरा नहुने दाबी गरेका छन् । सांसद थापाले कांग्रेसले डा. केसीको मुद्दा नठाएको भए ‘डा. केसी सुतेको सुत्यै’ हुने बताए ।कांग्रेसले डा. केसीको मागलाई उठाउँदा केसी उठेको जिकिर थापाको थियो ।

डा. केसीसँग सम्झौता भएको भोलिपल्टै नेकपाका नेताहरुको छुच्चो अभिव्यक्ति आएको बताउँदै थापाले संसदमा यस्तो धारणा राखेका हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने विषयमा विरोधको सुचना दर्ता गराएका थापाले बोल्ने क्रममा भने,‘यो पटक डा.केसीलाई पनि हार्न दिनौं र हामी आफू पनि हार्दैनौं । जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले पनि जिम्मा लिन्छ, नेकपाले पनि जिम्मा लिन्छ ।’

सबैले सामुहिक विवेकले डाक्टर गोविन्द केसीलाई हार्न नदिएको उनको तर्क थियो । ‘नेपाली कांग्रेस यो क्रमसँग जोडिएको छ । यो सम्झौतालाई कानुनका रुपमा संसदबाट लैजान कांग्रेस शत् प्रतिशत तयार रहेको छ,’ थापाले भने, ‘सरकारले गरेको सम्झौतालाई काननु बनाएर लग्न कांग्रेसले चाहेको हो, कांग्रेसले संसद अवरुद्ध गर्न चाहेको छैन ।’

केसीका सन्दर्भमा प्रधानमन्त्रीबाट नै आलोचित शब्द प्रयोग भएको थापाको कथन थियो । ‘पाखुरा बटारेर सत्याग्रह हुन्छ ? भनेर प्रधानमन्त्रीले भनेका थिए । तर, सहमतिपछि आज सबैले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्,’ थापाले भने ।