बहिनीकाे सम्झनामा साहरा घरमा सहयाेग - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

बहिनीकाे सम्झनामा साहरा घरमा सहयाेग



राजेन्द्र रावल/पदम ओझा
बाैनियाँ,कैैैलाली ।  २०६८ साल साउन ११ गतेका दिन १७ बर्षकाे कलिलाे उमेरमा उपचारका क्रममा काठमाण्डाैकाे वीर अस्पतालमा अन्तिम सास फेरेकि अाफ्नि बहिनी स्व. लक्ष्मि रावलकाे ८ औं बार्षिक पुण्य तिथिकाे अवसरमा हाल राजधानिमै बसाेबास गर्दै अाइरहेकि मृतक रावलकि दिदी दुर्गा रावल महराले साहरा घरलाई सहयाेग गरेकि छन् ।

दुर्गाले अाफ्नि बहिनिकाे ८ औं पुण्य तिथिकाे अवसर पारेर बर्दगाेरिया गाउपालिका २ बर्दगाेरिया कैलालीमा सञ्चालनमा रहेकाे साहरा घरलाई २ कट्टा चामल,५ के.जि दाल,१ जर्किन तेल,फलफुल र नगद ५०० पत्रकार पदम अाेझाकाे रहाेबरमा शुक्रबार बिहान साहरा घरलाई हस्तान्तरण गरेकि हुन् ।

अाफु कार्य व्यस्तताले कैलाली अाउन नसक्ने भएकाले अाफुले पत्रकार अाेझा मार्फत साे सामाग्रिहरु साहरा घरलाई हस्तान्तरण गरेकाे दुर्गाले फाेन मार्फत हामीलाई जानकारि गराइन। अाफुले गरेकाे सानाे सहयाेगले कसैले एक छाक मात्र खाने पाएमा अाफ्नि बहिनिकाे अात्माले शान्ति पाउने अासमा अाफुले साे सहयाेग गरेकाे कुरा उल्लेख गर्दै दुर्गाले अागामि बर्षहरुमा थप सहयाेग गर्दै जाने जानकारि दिइन । दुर्गा बर्दगाेरिया गाउपालिका १ कि स्थायि बासिन्दा हुन् । हाल साहरा घरले करिब ३० जना असाहय हरुलाइ सेवा दिइरहेका साहरा घरका सञ्चालक बल बहादुर बिष्टले जानकारि दिए ।