अर्घाखाँचीमा अघोषित लोडसेडिङले उपभोक्ता आजित, उवा सङ्घ र पत्रकार महासङ्घद्वारा ध्यानाकर्षण । - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

अर्घाखाँचीमा अघोषित लोडसेडिङले उपभोक्ता आजित, उवा सङ्घ र पत्रकार महासङ्घद्वारा ध्यानाकर्षण ।



कमल बिस्ट सन्धिखर्क

अर्घाखाँचीमा दैनिक जसो अघोषित लोडसेडिङले हुने बिद्धुत कटौती बाट उपभोक्ता आजित भइरहेको भन्दै नेपाल विधुत प्राधिकरण अर्घाखाँची लाई उद्योग वाणिज्य सङ्घ ले विधुत समस्या बारे ध्यानाकर्षण गराएको छ ।

उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका अध्यक्ष युवराज श्रेष्ठको अगुवाइमा गएको उवासंघ र पत्रकारको टोलीले अघाेशित लोडसेडिङ बारे कार्यालय प्रमुख विरमान रास्काेटी सङ्ग जानकारी लिएको छ ।

दैनिक धेरै जसो विधुत जाने कारण ले अहिले सन्धिखर्क तथा ग्रामीणबासीहरु ले समस्या भोगी रहेका छन् । अनियन्त्रित विधुत जाने आउने गर्दा अत्यधिक विधुत प्रवाहका कारण बहुमूल्य विधुतिय सामान समेत नष्ट हुने गरेको उपभोक्ताहरू बताउछन । यस विषयमा कार्यालय प्रमुख रास्कोटीले क्षमता भन्दा बढी विधुत प्रवाह गर्नु पर्ने कारणले समस्या आइरहेको बताउनु भयो।

हंसपुर ,ठाडा ,दुर्गाफाटमा सब स्टेसन बनेमा मात्र त्यसको समाधान हुने समेत उहाँले बताउनु भयो । लामो समय भई सक्दा पनि ठेकेदार ले अहिले सम्म कामले गति नलिएको ले सम्बन्धी निकायले यस क्षेत्रलाई घच्घचाउनु पर्ने उहाँले बताउनु भयो ।

डेलिकेशन जानेहरूमा उद्योग वाणिज्य सङ्घ का वरिष्ठ उपाध्यक्ष नेत्र भुसाल,उद्योग वाणिज्य उपाध्यक्ष जिबलाल बन्जाडे, महासचिव प्रदीप मिश्र पत्रकार महासङ्घका अध्यक्ष हिम लेकाली ,उपाध्यक्ष गणेश खनाल लगायत को उपस्थिति रहेको थियो ।यश विषयमा निकट भविष्यमै बृहत् सराेकारवालाहरूकाे बिच अन्तरक्रिया चलाउने उबासंघ अर्घाखाँचीका अध्यक्षले जानकारी दिनु भएको छ ।