सरकार र डा केसीबीच वार्ता सकियो, ब्रेकथ्रु हुने सम्भावना - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

सरकार र डा केसीबीच वार्ता सकियो, ब्रेकथ्रु हुने सम्भावना



काठमाडौं– सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच भएको वार्ता सकिएको छ।

दुवै पक्षबीच सहमति भएको विषयमा डा केसीले अन्तिम निर्णय गर्नेछन्। वार्ता सफल भए वा नभएको अन्तिम निष्कर्ष पनि उनैको निर्णयले निर्धारण गर्ने छ।

वार्ता सकारात्मक भएको र सहमतिका विषयमा डा.केसीले निर्णय गर्ने वार्ता टोलीका सदस्य सुरेन्द्र भण्डारीले बताए।

डा.केसी पक्षका वार्ता टोलीका सदस्यहरु सहमतिका विषयमा जानकारी गराउन शिक्षण अस्पताल गएका छन्। वार्तापछि भण्डारीले भने,‘सायद आज ब्रेकथ्रु हुन्छ होला, १ घन्टापछि गुड न्यूज पाउनुहुन्छ होला।’

डा केसी तर्फबाट वार्तामा सहभागी अधिवक्ता ओम प्रकाश अर्यालका अनुसार प्राय विषयमा कुरा मिलेको छ । उनले वार्ता पछि भने, ‘हामी सहमति नजिक पुगिसकेका छौं । सहमतिका विषयमा डा केसीलाई जानकारी गराउन जाँदैछौं ।’ आफू सहमत भएपनि डा केसीको निर्णय जरुरी भएको उनले बताए ।