छाडा चौपायाका कारण बौनिया बजार हिलो र दुर्गन्धको अखडा - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

छाडा चौपायाका कारण बौनिया बजार हिलो र दुर्गन्धको अखडा



पदम ओझा/बौनिया
छाडा पशु चौपायाका कारणले कैलालीको बौनिया बजार हिलाम्य र दुर्गन्धित बन्दै गएको छ । पछिल्लो समय चौपायाका कारण कैलालीका स्थानीय तहहरूमा विवाद उत्पन्न भइरहेको छ । यस्तै विषयमा केही दिन अगाडी मात्र कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको बर्दगोरिया गाउँपालिका प्रमुख व्यापारिक केन्द्र बौनिया बजारमा तनाव समेत उत्पन्न भएको थियो ।

समस्या उत्पन्न पश्चात् बर्दगोरिया गाउँपालिकाले सो समस्यालाई समाधान गर्ने भनेको लामो समय बितिसक्दा समेत त्यस विषयमा सुनुवाइ अझै भैसकेको छैन । विगत दुई दिन अगाडी देखी परेको सामान्य वर्षा पछि बौनिया बजार फेरी हिलो सँगै बजार भरी रहेका छाडा पशु चौपायाका कारण कुरूप देखिन थालेको छ । पानी परेपछि हिलाम्य देखिने बौनिया बजारमा चौपायाले दिसा पिसाब गर्दा झन् दुर्गन्धित बन्दै गएको हो । अहिले बौनिया बजारमा हिन्द नाक,मुख छोपेर हिडनु पर्ने बाध्यता रहेको स्थानीय व्यापारीको भनाई रहेको छ । सेतिलोक मार्ग सँगै जोडिएको यस बौनिया बजार चौकमा आज भोलि हिन्दा रोड छुट्ट्याउनै समस्या भएको व्यापारी भोले चौधरीले बताए ।

महेन्द्र राजमार्गमा बिहानै देखी राती सम्म छाडा पशु चौपाया रोडमै बसी दिनाले बौनिया बजार क्षेत्रको महेन्द्र राजमार्ग सडक हो या गाई बस्तु पाल्न बनाईको गोठ छुट्ट्याउन गा¥हो पर्ने गरेको स्थानीय तथा घोडाघोडी स्ववियु सभापति जीवन विकको भनाइ रहेको छ । बजार क्षेत्रमा अलपत्र अवस्थामा रहेका छाडा पशुचौपायाले राजमार्गलाई नै आफ्नो आश्रय स्थलको रूपमा छनौट गरेपछि सवारी चालकहरू समेत समस्या बेहोर्दै आइरहेका छन् ।

हाल बौनिया बजार क्षेत्रमा सुरक्षा पूर्वक यात्रा सम्पन्न गर्नु कुनै युद्ध जित्नु भन्दा फरक छैन । विशेषतः बौनिया बजार क्षेत्रको मुख्य चौक सँगै,चौकको पूर्व पट्टि रहेको सिद्धार्थ बैङ्क अगाडीका भाग र पश्चिममा बौनिया बजारमा रहेको पेट्रोल पम्प अगाडीको क्षेत्र सबैभन्दा बढी फोहोर र कुरूप देखिन थालेको छ । बौनिया बजारमा छाडा पशुचौपायाले लामो समय देखी विभिन्न किसिमका समस्याहरू उत्पन्न गराउँदै आएको भएता पनि नियमनकारी निकाय भने मौन रहेको छ ।

बौनिया बजार क्षेत्रमा आउने जो कोही सर्वसाधरणहरुले सजिलै अनुमान लगाउन बाध्य भएका छन् कि यो सडक हो या धान रोप्न तयारी पारिएको खेत वा कान्जी हाउस(गाई पाल्न बनाइएको गोठ ) । यो समस्या स्थानीय बौनिया बजार बासीले अझै कति दीन व्यहेर्नु पर्ने हो त्यसै भन्ने अवस्था छैन । गाउँ पालिकाले आफ्नो तेस्रो गाउसभामा यसको समाधानका लागी भनेर बजेट छुटटाए पनि उचित विकल्प नहुँदा बौनियामा यस्तो समस्या आएको हो । विभिन्न व्यक्तिले आ आफ्नो स्वार्थका लागी गाउँपालिकामा निवेदन हाल्ने काम गरे पनि कसैले पनि गाई गोरुलाई व्यवस्थापन नगर्दा यस्तो समस्या आएको हो ।