मेलम्चीको पानी अहिले पनि सपना मात्र - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

मेलम्चीको पानी अहिले पनि सपना मात्र



काठमाडौं – ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ ।

गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान-सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।

आजको नागरिक दैनिकमा समाचार छापिएको छ । तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो ।