सावित्रा एक्लैले गरिन ५ गोल, एपीएफको सानदार जित - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सावित्रा एक्लैले गरिन ५ गोल, एपीएफको सानदार जित



काठमाडौं– महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लबले सानदार जित हात पारेको छ। एपिएफले काठमाडौं जिल्ला फुटबल संघलाई १०–० गोलले पराजित गरेको हो।

काठमाडौंको जितमा सावित्रा भन्डारीले पाँच गोल गर्दा अनिता केसीले ह्याट्रिक गरिन्।

सावित्राले खेलको ३२, ५१, ६१, ८४ र ८५ मिनेटमा गोल गरिन्।  अनिनाले २, २० र ३० मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी थिइन्।

एपिएफका लागि अनु लामा र अनिता बस्नेतले पनि १–१ गोल थपे।

यता अर्को खेलमा रौतहटले नेपाल पुलिस क्लबलाई १–० गोलले हराएको छ।

रौतहटको जितमा अस्तिता बैद्यले खेलको १२ मिनेटमा गोल गरेकी थिइन्।