सरकार बिरुद्ध आज ३ ठाउँमा बिशाल प्रदर्शन हुँदै - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

सरकार बिरुद्ध आज ३ ठाउँमा बिशाल प्रदर्शन हुँदै



काठमाडौं– सरकारको कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेसअन्तर्गत उपत्यकाका तीन वटै जिल्ला समितिले आज संयुक्त रुपमा प्रदर्शन गर्ने भएका छन्।

वर्तमान सरकारको अधिनायकवादी एवम् जनविरोधी क्रियाकलापका विरुद्धमा कांग्रेसको काठमाडौं, भक्तपर र ललितपुरका जिल्ला समितिको अगुवाइमा विरोध प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

विरोध प्रदर्शन माइतिघर मण्डलामा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सरकारका पछिल्ला कदम तथा डा गोविन्द केसीका मागको सम्बोधनका लागि दबाव दिन कांग्रेसले यसअघि नै चरणवद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको थियो। सोही अन्तर्गत नै आजको विरोध प्रदर्शन हुन लागेको हो।